न्युजील्यान्ड टि ट्वान्टी विश्वकपको फाइनलमा



न्युजील्यान्ड इङल्यान्डमाथि ५ विकेटको रोमान्चक जित हात पार्दै पहिलो पटक टि ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । न्युजील्यान्डको जितमा डरेल मिचेल र जेम्स निसमले उत्कृष्ट प्रदर्शन गरे ।  इङल्यान्डले दिएको १ सय ६७ रनको लक्ष्य न्युजील्यान्डले ६ वल बाँकी हुँदा ५ विकेट गुमाएर पुरा गर्यो । मिचेलले ४७ वलमा अविजित ७२ रनको शानदार पारी खेले । एक समय इङल्यान्ड फाइनल नजिक पुगेको थियो ।

तर केन विलियम्सनको टोली न्युजील्यान्डले उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो । खराब सुरुवात गरेको न्युजील्यान्डले ओपनर मार्टिन गप्टिललाई ४ रनमानै गुमाएको थियो । कप्तान विलियम्सन पनि लामो समय क्रिजमा टिक्न सकेनन्  । उनी व्यक्तिगत ५ रनमा मैदान बाहिरिए । दुवैलाई क्रिस वोक्सले आउट गरेका थिए । डेभोन कन्वे ४६ र ग्लेन फिलिप्स २ रनमा पवेलियन फर्किए । जितका लागि न्युजील्यान्डलाई २४ वलमा ५७ रन आवश्यक थियो ।

१७ औं ओभरमा इङल्यान्डले खेल हाफ्नो हातबाट गुमायो  । यो ओभरमा क्रिस जोर्डनले २३ रन खर्चिए । जसमा निसमले २ छक्का र एक चौका प्रहार गरे । १८ औं ओभरमा आदिल रासिद पनि महंगो सावित भए । यो ओभरमा १४ रन दिएका उनले निसमको विकेट पनि लिए ।

तर न्युजील्यान्डको आक्रमक ब्याटिङ रोकिएन । निसम ११ वलमा २७ रन बनाउँदै आउट भएका हुन्  । अन्तिम १२ वलमा न्युजील्यान्डलाई  २० रन आवश्यक थियो ।  मिचेलले १९ औं ओभरमानै खेल टुंग्याए ।  उनले वोक्सलाइ विजयी चौका प्रहार गरेका हुन् ।

वोक्स,  लियाम लिभिङस्टोनले दुई दुई तथा रासिदले एक विकेट लिए । यसअघि अबुधाबीस्थित जायद क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको इङल्यान्डले २० ओभरमा ४ विकेटको क्षतीमा १ सय ६६ रन बनाएको थियो । जोनी ब्रेस्टो १३ र जस बटलर २९ रनमा आउट भए ।

तेस्रो विकेटका लागि  मोइन अली र डाविड मलानले ६३ रनको साझेदारी गरे । मलानले ४१ रन जोड्दा अली ५१ रनमा अविजीत रहे । लिभिङस्टोनले १७ रन थपे । टिम साउथी, एडम मिल्न, इस सोधी र निसमले एक एक विकेट लिए ।

यो जितसँगै न्युजील्यान्डले सन २०१९ को एकदिवसीय फाइनलमा बेहोरेको हारको बदला पनि लियो । अघिल्लो संस्करणको टि ट्वान्टी विश्वकपको सेमीफाइनलमा न्युजील्यान्ड, इङ्ल्यान्डसँगै पराजित भएको थियो । उपाधिका लागि अब न्युजील्यान्डले अस्ट्रेलिया र पाकिस्तान बीचको विजेतासँग खेल्नेछ ।  दोस्रो सेमीफाइनल आज बेलुका हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त