मैत्रीपूर्ण फुटबलमा सैनिक जनसम्पर्क निर्देशनालय विजयी



काठमाडौं । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय टोली र रक्षा समाचारदाताबीच मैत्रीपूर्ण फुटबल खेल भएको छ । मंगलबार भएको खेलमा निर्देशनालय ६–२ को फराकिलो गोल अन्तरले विजयी भएको हो ।

खेलमा सेनाकातर्फबाट प्रवक्ता सन्तोषबल्लभ पौडेल, महासेनानीद्वय ईश्वर श्रेष्ठ र पद्म बुढा, प्रमुख सेनानी प्रद्युम्न पौडेल तथा सेनानीद्वय विजय पाण्डे र रिसभ कार्कीले गोल गरेका थिए । त्यस्तै सञ्चारकर्मीका तर्फबाट पुरुषोत्तम खत्री र उजिर कार्कीले एक/

एक गोल गरे । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरको खेल मैदानमा भएको खेलमा सेनाका तर्फबाट सहायक रथी पौडेल र समाचारदाताका तर्फबाट नेपाल पत्रकार महासङघका पूर्वउपाध्यक्ष दिलीप थापामगरले नेतृत्व गरेका थिए ।

सेना र सञ्चार माध्यमबीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिताको सैनिक तालिम महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठले दुवै टिमका कप्तानलाई बल प्रदान गरी खेल उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल पौडी सङ्घको अध्यक्षमा जगतमान श्रेष्ठ

काठमाडौँ । नेपाल पौडी सङ्घको पाँचौँ राष्ट्रिय अधिवेशनबाट जगतमान श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर । भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको

हङकङलाई १४० रनको लक्ष्य

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य

आइओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

  अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले  ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्डा सुरू गरेको