तजिकिस्तानसँग नेपाल पराजित



काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली ताजिकिस्तानसँग पराजित भएको छ ।

तजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा बिहीबार भएको खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको हो । यस हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ ।     नेपालले खेलको पहिलो हाफमा तीन गोल खायो भने दोस्रो हाफमा पनि तीन गोल नै बेहोर्यो । पहिलो हाफमा ताजिकिस्तानका शेर्भोनी मावत्शोएभ, शारफजोन सोलेहोभ र रुस्तम सोइरोभले एक–एक गोल गरे ।     खेलको २४औँ मिनेटमा शेर्भोनीले गोल गर्दै ताजिकिस्तानलाई सुरुवाती अग्रता दिलाए भने खेलको ३३औँ मिनेटमा सोलेहोभले गोल गर्दा ताजिकिस्तान २–० ले अघि रह्यो ।

त्यस्तै खेलको ४१औँ मिनेटमा रुस्तमले गोल गरेपछि घरेलु टोली ताजिकिस्तान पहिलो हाफमा ३–० ले अघि रह्यो ।    खेलको ६३औँ मिनेटमा मुखम्मादली अजिजबोएभले गोल गर्दा घरेलु टोली ४–० ले अघि रह्यो । खेलेको ६८औँ मिनेटमा भाख्दुत खानोनोभले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता ५–० बनाए ।

त्यसपछि खेलको ७२औँ मिनेटमा इमोमाली अखामादखोनले गोल गर्दै ताजिकिस्तानलाई ६–० गोलको जित दिलाए । छनोटको समूह बी मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । यता ताजिकिस्तानको भने यो लगातार दोस्रो जीत हो । यसअघि भएको पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।अब नेपालले आफ्नो अन्तिम खेल आइतबार लेबनानसँग खेल्नेछ ।

समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछ । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय