१८ वर्षीया राडुकानुलाई यूएस ओपन टेनिसको उपाधि



एम्मा राडुकानुले ब्रिटेनको ४४ वर्ष लामो प्रतीक्षालाई अन्त्य गर्दै महिला ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा यूएस ओपन टेनिसको फाइनलमा क्यानडाकी लेला फर्नान्डेजलाई हराएकी छन् ।

१८ वर्षीया राडुकानुले न्यूयोर्कमा आफ्नो अविश्वसनीय यात्रा पूरा गर्ने क्रममा १९ वर्षीया फर्नान्डेजलाई सोझो सेटमा ६–४, ६–३ ले हराएकी थिइन् । ब्रिटेनका लागि ४४ वर्षअगाडि ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा विम्बल्डन जितेकी भर्जिनिया वेड खेल हेर्न उपस्थित थिइन् ।

उपाधिसँगै राडुकानुले १८ लाख अमेरिकी डलर पुरस्कार पाइन् भने अब उनी विश्वकी २३औँ वरियताकी र ब्रिटेनकी पहिलो वरियताकी टेनिस खेलाडी हुनेछिन् । विजयपछि ब्रिटिश महारानीले राडुकानुलाई बधाई दिएकी छन् ।

‘तपाईँको सफलतामा म तपाईँलाई बधाई दिन्छु,’ महारानीले भनेकी छन् । ‘युवा उमेरको यो असाधारण सफलता हो र तपाईँको कडा मिहेनत र समर्पणको प्रमाण हो।’ ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले पनि ट्वीट गर्दै बधाई दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त