पपुवा न्युगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल विजयी



काठमाडौं । पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । मंगलबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको हो ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्नुपरेको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनायो । नेपालले १३५ रनको विजयी लक्ष्य ३९ दशमलव तीन ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाए । उनले ६५ बल खेल्दै दुई चौका प्रहार गरे । यस्तै प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले ३० रनको योगदान दिए । उनले ४६ बलमा चार चौका हाने ।

नेपाली टोली सङ्कटमा परेको समयमा ब्याटिङ गर्न आउनुभएका सोमपाल कामीले ३२ बलमा २२ रन बनाए । सो क्रममा उनले एक एक छक्का र चौका प्रहार गरे । यस्तै कुशल भुर्तेलले १५ रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका गौडी टोकाले तीन, डामिन राभु र चाड सोपरले दुई÷दुई तथा नोसिना पोकानाले एक विकेट लिए ।

यसअघि नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनीका ब्याटस्म्यानलाई खुलेर खेल्न दिएनन् । उनले कसिलो बलिङ गर्दै चार विकेट लिए । लामिछानेले १० ओभर बलिङ गर्दै ३५ रन खर्चिए । पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाए । यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, चाड सोपरले अविजित १७, किप्लिन डोरिगाले १५, सेसे बाउले १४ र कप्तान असाद भालाले चार रन मात्र बनाए । टोनी उरा र नोसिना पोकाना एक÷एक रनमा समेटिनुभयो भने जासन किला र डामिन राभु रन नबनाई पेभेलियन फर्किए ।

बलिङतर्फ नेपालका विक्रम सोब र कुशल मल्लले दुई/दुई विकेट लिए। आजको खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीबाट डेब्यू गर्नुभएका सोबले पहिलो बलमै विकेट लिएका थिए । उनले पपुवा न्युगिनीका प्रारम्भिक ब्याटस्म्यान टोनी उरालाई पेभेलियन फर्काएका थिए । यस्तै सोमपाल कामीले एक विकेट लिए ।

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकेश बमको आक्रामक शतक जितका लागि अपर्याप्त, आयरल्याण्ड ए सँग नेपाल पराजित

काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकमा आयरल्यान्ड ए विरुद्धको पहिलो खेलमा नेपाल ए

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप