इटाली र स्विजरल्यान्ड गोलरहित बराबरीमा



इटालीले सवैभन्दा लामो समय अन्तर्राष्ट्रिय खेलमा अपराजित रहने टोलीको कीर्तिमान कायम गरेको छ । विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा स्विजरल्यान्डसँग गोल रहित बराबरी खेल्दै इटालीले यो सफलता प्राप्त गरेको हो ।

रोबर्टो मान्सिनीको टोली ३६ खेलदेखि अपराजित छ ।  यसअघि लामो समय अपराजित रहने टोलीको कीर्तिमान ब्राजिल र स्पेनको नाममा थियो । स्पेनले २००८–९ र ब्राजिलले १९३–१९९६ मा समान ३५  खेलकोे कीर्तिमान बनाएका थिए ।  इटालीले पछिल्लो पटक सन् २०१८ मा पोर्चुगसँग हार बेहोरेको थियो । त्यस यता युरोकप च्याम्पियन इटालीलले २९ खेल जित्दा सात खेल बराबरी गरेको छ । जसमा ८८ गोल गरेको छ भने मात्र १२ गोल खाएको छ ।

मान्सिनीले  २०१८  अक्टोबर १० मा टिम सम्हाले यता इटालीले उच्च प्रदर्शन गर्दै आएको छ । गएराति जर्जिन्हो पेनाल्टीमा चुक्दा इटाली स्विटजरल्यान्ड विरुद्ध  स्पष्ट जित हात पार्न असफल भएको थियो । जर्जिन्होको प्रहार  घरेलु गोलकिपर यान सोमरले बचाए ।

समूह सी मा रहेको इटाली एघार अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।  दोस्रो स्थानमा रहेको स्विटजरल्यान्डको तीन खेल बाट ७ अंक छ । छनोटको अर्को खेलमा जर्मनीले अर्मेनिया माथि ६–० गोलको जित हात पार्यो । जर्मनीको जितमा सर्जी जिनाब्रीले ६ र १६ औं मिनेटमा दुई गोल गरेका थिए ।

मार्को रेउस, टिमो भेर्नर, जोनस होफमन र करिम आडेइमीले एक एक गोल गरे । समूह जे मा रहेको जर्मनी ५ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समूह आइमा रहेको इङल्यान्डले एन्डोरालाइ चार शून्यले पराजित गर्यो ।

घरेलु   मैदानमा १८ औं मिनेटमा जेसी लिङगार्डले इङल्यान्डलाई अग्रता दिलाएका थिए । सन् २०१८ नोभेम्बर यता लिङगार्डको राष्ट्रिय टिमका लागि यो पहिलो गोल हो । ७२ औं मिनेटमा हेरी केनले अग्रता दोब्बर पारे । ७८ औं मिनेटमा लिङगार्डले व्यक्तिगत दोस्रो गोल गरे ।

८५ औं मिनेटमा बुकायो साकाले गोल गरेका थिए । यसै समुहको पोल्यान्डले सन मारिनो माथि सात एक गोलको फराकिलो जित हात पार्यो । उसका लागि एडम बुस्काले हयाट्रिक  गर्दा रोवर्ट लेवान्डोस्कीले दुई गोल गरे । स्पेनले जर्जियालाई चार शून्यले हरायो ।

छनोटको अघिल्लो खेलमा स्विडेनसँग पराजित भएको स्पेनले जर्जियाविरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ । बेल्जियमले चेक रिपब्लिकलाई तीन शून्यले हरायो ।  इडेन हाजार्ड, रोमेलु लुकाकु र एलक्सिसले एक एक गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेटमा बागमती र मधेशको जित

काठमाडौं । काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगिता अन्तर्गत मंगलबार भएको

कर्णाली किड्स कपको उपाधि छत्रपाल आविलाई

सिमकोट  । हुम्लाको अदानचुली गाउँपालिकामा आयोजित  कर्णाली किड्स कप– २०८१ को उपाधि छत्रपाल

नेपालसँग टी–२० क्रिकेट सिरिज खेल्ने वेस्टइन्डिजको टोली घोषणा

काठमाडौं । नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्टइन्डिजले टोली घोषणा गरेको छ । अप्रिल

धनकुटालाई हराउँदै खोटाङ भगवती क्बल भोजपुर गोल्डकपको सेमिफाइनलमा

  भोजपुर । भोजपुरमा जारीे सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत सोमबार