पारस खड्का कसमस कलेजको ब्राण्ड एम्बेसडर नियुक्त



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का कसमस कलेजको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । पारस खड्काले गत महिना मात्रै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

सन्यसापछि पारस पहिलोपटक कसमस कलेजको ब्राण्ड एम्बेसडरको रुपमा आएका हुन् । ब्राण्ड एम्बेसडर भएसँगै पारस खड्का कसमस कलेजको प्रमोसनको कार्यक्रमहरुमा सहभागि हुनेछन् । यस्तै पारस खड्काले स्थापना गर्न लागिएको क्रिकेट एकेडेमीलाई कसमस कलेजले सहयोग गर्नेछ । कलेजले क्रिकेट एकेडेमीमा रहेका खेलाडीहरुलाई शिक्षामा ५० प्रतिशत र एकेडेमीमार्फत राष्ट्रिय टिममा पुगेका खेलाडीहरुलाई शतप्रतिशत छुट दिने सम्झौता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित

एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको