पिएसजीबाट मेसीको डेब्यु



लियोनल मेसीले डेब्यु गरेको खेलमा पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वानमा रासलाई दुई शून्य गोलले पराजित गरेको छ । मेसी दोस्रो हाफमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । पिएसजीको जितमा दुवै गोल किलियन एम्बाप्पेले गरेका  थिए ।

तर उनको प्रदर्शन मेसीको छायाँमा पर्यो । मेसीले ६६ औं मिनेटमा नेइमारलाई प्रतिस्थापन गरेका थिए । नयाँ जर्सी नम्बर ३० लगाएर मेसी मैदान प्रवेश गर्दा उनलाई स्ट्यान्डिङ ओभियसन प्रदान गरिएको थियो । करियरमा पहिलो पटक मेसी बार्सीलोनाको  जर्सी भन्दा फरक क्लबको जर्सीमा देखिएका हुन् ।

खेलमा मेसीले निकै फउलको सामना गर्नु परेको थियो । घरेलु मैदानमा पिएसजीले १६ औं मिनेटमा अग्रता लिएको थियो । एमबाप्पेले एंजल डि मारियाको क्रसमा गोल गरेका थिए  । ६३ औं मिनेटमा असरफ हाकिमीको क्रसमा  एमबाप्पेले गोल गरेपछि माउरिसियो पोचेटिनोको टोलीले जारी लिगमा लगातार चौथो जित हात पार्यो ।

खेलपछि प्रशिक्षक पोचेटिनोले एमबाप्पे क्लबका महत्वपुर्ण खेलाडी भएको प्रतिक्रिया दिएका थिए । तर मेसीको आगमन संगै एमबाप्पेले क्लब छाड्ने बताीइएको छ । उनका लागि स्पेनिस क्लब रियाल मड्रिडले १ सयि ७० मिलियन युरोको प्रस्ताव गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई