महिला एशिया कप छनोटका लागि २३ सदस्यीय टोली घोषणा



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी महिला एशिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका छ । जसमा सात जना खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाए ।

मिडफिल्डर प्रिती आले, डिफेन्डर विमला बिक, निशा थोकर, सृजना सिंह, स्ट्राइकर रश्मी घिसिङ, रजनी थोकर  र सविता राना पहिलो पटक सिनियर टिममा परेका हुन् । मुख्य प्रशिक्षक ग्यारी फिलिपले अन्जली वाइबा, शर्मिला थापा मगर, अमिषा कार्की, मनिषा राउत र हेमा चौधरीलाइ भने टिममा अटाएनन् । घुँडाको  शल्यक्रिया गरेकी  स्टार स्ट्राइकर सावित्रा भन्डारीले भने छनोट खेल गुमाउनेछिन् ।

हाल उनी  कतारमा छिन् । उज्वेकिस्तामा हुने छनोट खेलमा नेपाल रहेको समूहमा  फिलिपिन्स र हङकङ छन् । नेपालमानै हुने तय भएको छनोट खेल कोभिडका कारण उज्वेकिस्तान सरेको हो ।  नेपालले पहिलो खेल सेप्टेम्बर  १८ अर्थात् असोज २ मा फिलिपिन्ससँग खेल्नेछ । हङकङ संग २१ सेप्टेम्बर असोज ४ मा  खेल्नेछ । शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष भारतमा हुने एशिया कपमा स्थान बनाउनेछ ।

छनोट भएका खेलाडी

गोलकिपर –अन्जना रानामगर, अन्जिला तुम्बाप्पो सुब्बा र उषा नाथ

डिफेन्डर– पुजा राना, सिर्जना सिंह, पुनम जर्घा मगर, गिता राना, हिरा भुजेल, निशा थोकर, गिता राना, विमला बिक  र अमृता जैशी

मिडफिल्डर– प्रिती राइ, रेनुका नगरकोटे, मन्जली तामाङ योन्जन, दिपा राइ, इन्दिरा राइ, अनिता बस्नेत र विमला चौधरी

फरवार्ड– सरु लिम्बु, सविता राना, रश्मी घिसिङ, अनिता केसी र रजनी थोकर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान

  काठमाडौँ ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड