ओलिम्पिकमा १३ वर्षीया जापानी खेलाडीले स्वर्ण पदक जितेर रचिन् इतिहास



जापानकी १३ वर्षीया मोमिजी निशियाले टोक्यो ओलिम्पिक्स–२०२० मा महिला स्ट्रीट स्केटबोर्डिङमा पहिलो पटक ओलम्पिक स्वर्ण पदक जितेर इतिहास रचेकी छन् । ‘मैले जित्छु भन्ने सोचेकी थिइनँ तर म नजिकैका मानिसले मलाई हौसला दिए। त्यसैले म खुसी छु,’ उनले भनिन् । उनी टोक्यो ओलिम्पिक्समा पहिलो पटक समाविष्ट खेलमा प्रतिस्पर्धा गरिरहेकी थिइन् ।

स्केटबोर्डिङ ओलिम्पिक्समा समावेश गरिएका पाँच नयाँ विधामध्येको एउटा खेल हो । ‘म जापानमा ओलिम्पिक जितेर खुसी छु। अनि म सबैभन्दा कम उमेरका प्रतियोगीमध्ये एकका रूपमा पहिलो ओलिम्पिक जित्दा निकै प्रसन्न छु,’ उनले भनिन् ।

नामै नसुनिएका यी किशोरले ओलिम्पिक्सको पौडीमा स्वर्ण जितेर सबैलाई छक्क पारे । रजत पदक जित्ने ब्रजिलकी रेयसा लिएल पनि १३ वर्षकै छिन्। कांस्य पदक जित्ने जापानकी फुना नाकायामा १६ वर्षकी छन् । महिला स्ट्रीट स्केटबोर्डिङ ओलिम्पिक्स गेम्सको इतिहासमा सबैभन्दा कम उमेरको व्यक्तिगत स्पर्धा हो ।

यसमा खेल्ने खेलाडीको औसत उमेर १४ वर्ष १९१ दिन थियो । हालसम्मकै सबैभन्दा कान्छा ओलिम्पिक विजेताको कीर्तिमान मार्जोरी गेस्टिङको नाममा छ । उनले सन् १९३६ को बर्लिन गेम्समा १३ वर्ष २६७ दिनको उमेरमा स्प्रिङबोर्डमा पदक जितेका थिए । उनी निशियाभन्दा ६३ दिनले कान्छा छन् । आयोजक जापानका २२ वर्षीय युतो होरिगोमेले मेन्स स्ट्रीट इभेन्टमा पनि स्वर्ण पदक प्राप्त गरेका छन् ।

ओसाका सहर निवासी निशियाले आफ्नो दाजुको प्रेरणाले पाँच वर्षको उमेरमा स्केटबोर्डिङ खेल्न सुरु गरेकी थिइन् । दोस्रो स्थानमा आएकी ब्रजिलकी रेयसा लिएलले पनि इतिहास रच्न सक्ने थिइन् ।

यदि उनले जितेको भए उनी हालसम्मकै ओलम्पिक च्याम्पियन हुने सबैभन्दा कनिष्ठ खेलाडी बन्ने थिइन् । रजत पदक जित्ने ब्राजिलकी रेयसा लिएल पनि १३ वर्षकै छन् भने कास्य पदक जित्ने जापानकै फुना नाकायामा १६ वर्षकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित

एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको