जर्मनीद्वारा पोर्चुगल ४–२ ले पराजित



युरोकप फुटबलमा गएराति जर्मनीले पोर्चुगललाई ४–२ ले हराएको छ । जर्मनीको म्युनिखमा भएको खेलमा पाहुना टोली पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले पहिलो गोल गरे ।

तर यसपछि जर्मनीले लगातार चार गोल गर्यो । उसका लागि काइ हाभर्ट्ज र रोबिन गुसेन्सले एक एक गोल गर्दा पोर्चुगलकै डिफेन्डरहरु रुबेन डियास र राफेल गुरेरोले दुई आत्मघाति गोल गरेका हुन् ।

६७ औं मिनेटमा डिएगो योटाले एक गोल थपेपनि पोर्चुगललाई हारबाट जोगाउन सकेनन् । यो जितपछि समुहको दोस्रो स्थानमा उक्लिएको जर्मनीले अर्को चरणमा प्रवेश गर्ने सम्भावना जिवित राख्दा पोर्चुगल तेस्रो स्थानमा झरेको छ ।

जर्मनी र पोर्चुगल दुवैको समान ३–३ अंक छ । ४ अंक जोडेको फ्रान्स शिर्ष स्थानमा छ । हिजोको खेलमा फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरीमा चित्त बुझाउनुपर्यो ।

युरोकप फुटबलकै अर्को खेलमा स्पेन र पोल्याण्डले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा स्पेनका लागि अल्भारो मोराटाले पहिलो गोल गर्दा पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काएका हुन् ।

युरोकप फुटबलमा आजबाट समुहका अन्तिम चरणका खेलहरु सुरु हुँदैछन् । आज राती पौने १० बजे समुह ‘ए’ का दुई खेल हुनेछन् । राउण्ड अफ सिक्सटिनमा पुगिसकेको इटालीले वेल्ससँग खेल्दा स्वीट्जरल्याण्ड र टर्की भिड्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका