च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई



बार्सिलोनाको महिला टोलीले च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराती भएको फाईनलमा ईङलिश क्लब चेल्सीलाई ४–० ले हराउदै बार्साले पहिलो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको हो ।

स्वीडेनमा भएको फाईनलमा बार्सिलोनालाई जिताउन एलेक्सिया पटेलास, आइतना बोनमती र कारोलिन ग्राहम हान्सेनले समान एक–एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । यसअघि सन् २०१९ को च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोना फ्रान्सेली क्लब लियोनसँग ४–१ ले पराजित भएको थियो ।

जितसँगै बार्सिलोनाले पहिलो युईएफए वुमेन्स च्याम्पियन्स लिगको उपाधि जितेको छ । यससँगै दुवै पुरुष र महिला टोलीले च्याम्पियन्स लिग जित्ने बार्सिलोना पहिलो क्लबपनि बनेको छ । चेल्सी भने पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त