इंग्लीश प्रिमियर लिगमा लिभरपुल र टोटनह्याम विजयी



इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष चारको संभावना जिवित राख्नेक्रममा लिभरपुलले वेष्ट ब्रोमलाई २–१ ले पराजित ग-यो ।

वेष्ट ब्रोमका हाल रोब्सन कानुले पहिलो गोल गरेको खेलमा लिभरपुललाई जिताउन मोहोमद सालाह र गोलरक्षक एलिसन बेकरले एक एक गोल गरे ।गएराति नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले वुल्भरह्याम्पटनमाथि २–० को जित निकाल्यो ।

टोटनह्यामलाई जिताउन ह्यारी केन र होएबर्गले एक एक गोल गरे । प्रिमियर लिगकै अन्य खेलहरुमा क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई ३–२ ले हराउँदा शेफिल्ड युनाइटेडले एभर्टनलाई १–० ले स्तब्ध पा-यो । गएरातिका खेलहरुपछि प्रिमियर लिगको शिर्ष चारको भिडन्त रोचक बनेको छ ।

च्याम्पियन म्यान्चेस्टर सिटी र दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेड आ आफ्नो स्थानमा पक्का रहँदा तेस्रो स्थानको लेष्टर सिटीदेखि चौथो स्थानको चेल्सी, पाचौं स्थानको लिभरपुल, छैटो स्थानको टोटनह्याम हट्सपर र सातौ स्थानको वेष्ट ह्याम युनाईटेड पनि शिर्ष चारको दौडमा छन् ।

प्रिमियर लिगको शिर्ष चार स्थानभित्र पर्न सफल टोलीले च्याम्पियन्स लिग खेल्न पाउने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई