एटलेटिको म्याड्रिड ला लिगाको शीर्षस्थानमा,अन्तिम खेल रियल भालाडोलिडसँग खेल्ने



लुइस स्वारेजले नाटकीय रुपमा अन्तिम समयमा गोल गरेपछि एट्लेटिको मड्रिडले ओसासुनामाथि २–१ गोलको सानदार पुनरागमन जित निकालेको छ । सात वषैपछि पहिलोपल्ट ला लिगा उपाधि उचाल्ने एट्लेटिकोको लक्ष्यमा अब एउटा जितमात्र बाँकी छ ।

डिएगो सिमोनी प्रशिक्षित एट्लेटिकोले लिगको अन्तिम खेल रियल भालाडोलिडको मैदानमा खेल्नेछ र उनीहरुलाई थाहा छ कि त्यो खेलमा जित हासिल गरेको खण्डमा लिग उपाधि उचालिनेछ ।

पहिलो हाफ प्रतिस्पर्धात्मक बराबरी भए पनि ७५ औं मिनेटमा अन्टे बुदिमिरको गोलमार्फत अग्रता लिएको ओसासुना अप्रत्यासित जिततर्फ उन्मुख थियो । त्यसो भएको भए रियल मड्रिड शीर्ष स्थानमा पुग्ने थियो ।

८२ औं मिनेटमा रेनान लोदीले जुवाओ फेलिक्सको पासमा गोल गरेपछि खेल बराबरीमा आयो । ८८ औं मिनेटमा यान्निकद कार्रास्सोको पासमा लुइस स्वारेजले निर्णायक र महत्वपूर्ण गोल गरे ।

गएराति नै भएको खेलमा दोस्रो स्थानको रियल मड्रिडले एथ्टेलिक विल्वाओलाई १–० ले हराउँदा बार्सिलोना भने सेल्टा भिगोसँग २–१ ले पराजित रह्यो । बार्सिलोनाका लागि उपाधि सम्भावना समाप्त भएको छ । रियल र एट्लेटिको २ अंकको दूरीमा छन् ।

अन्तिम खेलमा एट्लेटिकोले रियल भालाडोलिडसँग बराबरी वा पराजित भएको अवस्थामा र रियलले भिल्लारियललाई हराएको अवस्थामा ला लिगा उपाधि रियल मड्रिडमा आउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका