म्यानचेस्टर सिटीलाई ईङलिश प्रिमियर लिगको उपाधि



म्यानचेष्टर सिटीले ईङलिश प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । उपाधि होडमा रहेको म्यानचेष्टर युनाईटेड पछिल्लो खेलमा लेष्टर सिटीसंग पराजित भएसंगै सिटी ३ खेल अगावै लिग च्याम्पियन बनेको हो ।

यो जितसंगै लेष्टर सिटी अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनोट भएको छ । ओल्ड ट्राफोडमा पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा लेष्टरले दोस्रो हाफमा एक गोल थप्दै जित हात पारेको हो । लुक थोमसले खेलको १० औ मिनेटमा गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए । १५ औ मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई बराबरीमा पुर्याए । ६६ औ मिनेटमा चाग्लर सुयन्जुले गोल गर्दै लेष्टरलाई जित दिलाए ।

घरेलु मैदानमा लेष्टरबिरुद्ध बल पोजिशनमा पकड बनाएपनि युनाईटेडले थप अवसरको सदुपयोग गर्न सकेन् । यो जितसंगै लेष्टरले ३६ खेलबाट ६६ अंक जोडेको छ । उ तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट ७० अंक जोडेको युनाईटेड दोस्रँे स्थानमा कायम छ । ३ चरणका खेल बाँकि रहदा म्यानचेष्टर सिटीले शीर्ष स्थानमा १० अंकको अग्रता लिदै उपाधि जितेको हो ।

गएरातीनै साउथ हेम्प्टनले क्रिष्टल प्यालेसलाई ३–१ गोल अन्तरले पराजित गर्यो । यो जितले साउथ हेम्प्टनलाई ४० अंकमा तालिकाको १४ औ स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालसँग टी–२० क्रिकेट सिरिज खेल्ने वेस्टइन्डिजको टोली घोषणा

काठमाडौं । नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्टइन्डिजले टोली घोषणा गरेको छ । अप्रिल

धनकुटालाई हराउँदै खोटाङ भगवती क्बल भोजपुर गोल्डकपको सेमिफाइनलमा

  भोजपुर । भोजपुरमा जारीे सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत सोमबार

खुला मेयर कप फुटबल प्रतियोगिता वैशाख १५ गतेदेखि

  ललितपुर । प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता यही

गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेटमा कर्णालीद्वारा गण्डकी पराजित 

    काठमाडौँ ।  वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार