नेपाल सुपर लिगः काठमाडौं प्ले अफमा



काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत आइतबार भएको अन्तिम खेलमा काठमाडौंँ रेजर्सले एफसी चितवनलाई २–१ गोलअन्तरले पराजित गरेको छ । कुल ६ खेलबाट १३ अंक जोडेको काठमाडौँ लिगको शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडाँैंका लागि विदेशी मेसोउके ओलोमोऊ र संजोग राईले एकएक गोल गरे । चितवनका लागि सान्त्वना गोल राजीव लोप्चनले गरे । खेलको १७ औंँ मिनेटमा काठमाडौँका ओलोमोउले गोल गरेका हुन् । यस्तै खेलको ३४ औंँ मिनेटमा राईले काठमाडौँका लागि दोस्रो गोल गरे ।

यसैगरी चितवनका लागि खेलको ४०औंँ मिनेटमा लोप्चनले गोल गरेका हुन् । खेलको ४४ औंँ मिनेटमा काठमाडौंँका विश्वास श्रेष्ठले हानेको बल गोलपोष्टबाट बाहिरियो । यस्तै खेलको ८१ औंँ मिनेटमा काठमाडौंँका प्रिजेन तामाङ गोल गर्नबाट चुके । चितवनले लिगका कुनै पनि खेल जित्न सकेन । चितवनले ६ खेलमा चारमा हार तथा दुई खेलमा बराबरी खेल्यो । काठमाडौंँले अब फाइनल प्रवेशका लागि मंगलबार धनगढी एफसीसँग प्लेअफमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपमा हङकङसँग नेपाल ४ विकेटले पराजित

काठमाडौँ । नेपाललाई पराजित गर्दै हङकङ एसीसी प्रिमियर कपमा तेस्रो भएको छ ।

नेपाल पौडी सङ्घको अध्यक्षमा जगतमान श्रेष्ठ

काठमाडौँ । नेपाल पौडी सङ्घको पाँचौँ राष्ट्रिय अधिवेशनबाट जगतमान श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर । भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको

हङकङलाई १४० रनको लक्ष्य

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य