नेपाल सुपर लिगमा ललितपुर एफसी र काठमाडौँ रेजर्स विजयी



काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएका खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स विजयी भएका छन् । दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई तथा काठमाडौँले विराटनगर सिटी एफसीलाई पराजित गरेका हुन् ।

ललितपुरले बुटवललाई १–० तथा काठमाडौँले विराटनगरलाई ५–४ गोलअन्तरले हराएको हुन् । जीतपछि ललितपुर प्लेअफमा पुग्ने सम्भावना कायमै छ । बुटवलले अन्तिम चारमा स्थान बनाउन एक खेल जित्नुपर्ने छ । बुटवलले अरु टोलीको खेलका नतिजामा समेत भर पर्नुपर्नेछ । काठमाडौँ प्लेअफमा प्रवेश गरेको छ ।

ललितपुरका लागि खेलको छैटौंं  मिनेटमा विदेशी नुर्लान नोभु्रजुभ जाहिदले निर्णायक गोल गरे । खेलको २२औंँ मिनेटमा बुटवलका आशिष लामाको प्रहार गलत सावित भयो ।

पहिलो हाफको इञ्जुरी समयमा बुटवलका सुमन लामाको प्रहार गोलमा परिणत हुन सकेन । मध्यान्तरपछिको खेलमा पनि ललितपुरले गोलको राम्रो प्रयास गरेको थियो । खेलको ६५ औं मिनेटमा डोना थापाले प्रहार गरेको बल गोल पोष्ट बाहिर गयो । खेलको ७३ औंँ मिनेटमा ललितपुरकै कमल श्रेष्ठले हानेको बल गोल पोष्टमा पस्न सकेन ।
ललितपुरले प्रतियोगितामा पाँच खेलमा ६ अंक जोडेको छ । बुटवलले पाँच खेलमा पाँच अंक बनाएको छ ।

अर्को खेलमा काठमाडौंँ रेजर्सका लागि विदेशी मेसुकेले ह्याट्रिक गरे । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बनेका छन् । विराटनगरले खेलको छैटौंँ मिनेटमा नै पहिलो गोल गरेको थियो ।

उक्त गोल विदेशी  एडिलाजाले गरेका छन् । खेलको २५ औंँ मिनेटमा सुनिल बलको प्रहार काठमाडौंँका गोलकिपर विकेश कुथुले बचाए । खेलको ३४ आँैं मिनेटमा विराटनगरका लागि विदेशी पेड्रो माञ्जीले गोल गरे । खेलको ३५ औंँ मिनेटमा काठमाडौंँका लागि विदेशी मेसुकेले पहिलो गोल गरे । लगत्तै उनले नै दोस्रो गोल गरे । खेलको ४१ औंँ मिनेटमा काठमाडौंँका लागि स्टेफेन विनोङले तेस्रो गोल गरे ।

मध्यान्तरपछिको खेलमा काठमाडौं का लागि ६७ औंँ मिनेटमा मेसुकेले व्यक्तिगत तेस्रो गोल गरे । खेलको ७९ औं मिनेटमा विराटनगरका लागि रजिन धिमालले गोल गरे ।

यस्तै खेलको ८२ औंँ मिनेटमा काठमाडौंँका लागि छिरिङ गुरुङले पाँचौँ गोल गरे । खेलको इञ्जुरी समयमा  माञ्जीले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ५–४ गोलको अवस्थामा पुर्याए । जीतसँगै काठमाडौंँ पाँच खेलमा १० अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका