मौरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त



जोसे मौरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा नियुक्त भएका हुन् ।

जोसेले आउँदो सिजनको सुरुदेखि रोमामा प्रशिक्षको जिम्मेवारी निर्वाह गर्ने छन् । ५८ वर्षका जोसेले पोर्चुगिज पाउलो फोन्सेकालाई प्रतिस्थापित गर्नेछन् । जोसे पनि पोर्चुगिज हुन् ।

फोन्सेकाले यो सिजनको अन्त्यसँगै क्लब छोड्ने बताएको केही समयपछि जोसेलाई नियुक्त गर्ने निर्णय भएको खबर आएको हो । अप्रिल १९ मा इंग्लिस क्लब टोटनह्यामबाट बर्खास्त भएका जोसेले तीनपटकको सिरी ए च्याम्पियन रोमासँग तीन वर्षको सम्झौता गरेका छन् । क्लबप्रति समर्थकको अटुट आस्थाका कारण आफू रोमाको प्रशिक्षकको जिम्मेवारी स्वीकार गर्न तयार भएको जोसेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय