म्यानचेष्टर युनाइटेड र आर्सनल युरोपा लिगको सेमिफाइनलमा



इंग्लिस क्लबद्वय म्यानचेष्टर युनाइटेड र आर्सनल युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा ग्रानडालाई २-० ले पराजित गर्दै समग्रमा ४-० को नतिजासहित युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो । पहिलो लेगमा पनि युनाइटेड २-० ले नै विजयी भएको थियो ।

ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगको खेलमा युनाइटेडलाई जित दिलाउन एडिनसन कभानीले छैटौं मिनेटमा गोल गरे । यस्तै ग्रानडाका जेसस भालेजुले इन्जुरी टाइममा आत्मघाती गोल गरेपछि युनाइटेड २-० ले विजयी भएको हो ।

अब युनाइटेडले सेमिफाइनलमा इटालियन क्लब रोमासँग खेल्नेछ । डच क्लब अयाक्ससँग दोस्रो लेगमा १-१ को बराबरी खेलेपनि समग्रमा अयाक्सलाई ३-२ ले पराजित गर्दै रोमा सेमिफाइनल पुगेको हो । रोमाले पहिलो लेग २-१ ले जितेको छ।

यस्तै चेक रिपब्लिकन क्लब स्लाभिया प्रागलाई समग्रमा ५-१ ले पराजित गर्दै आर्सनल सेमिफाइनल पुगेको छ । पहिलो लेगमा १-१ को बराबरी खेलेको आर्सनलले दोस्रो लेगमा स्लाभियालाई ४-० ले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन एलेक्स्जेन्ड्रा लाकाजेटले २१औं र ७७औं मिनेटमा गोल गरे । यस्तै निकोलस पेपेले १८औं र बोकायो साकाले २४औं मिनेटमा गोल गरे।

अब आर्सनलले सेमिफाइनलमा स्पानिस क्लब भियारियलसँग खेल्नेछ । भारियलाले डिनामो जेग्रेबलाई दोस्रो लेगेमा २-१ ले हराउँदै समग्रमा ३-१ को जित हात पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त