एएफसी कपको प्रारम्भिक छनौट खेलमा आर्मीद्वारा श्रीलंकन पुलिस पराजित



काठमाडौं । पहिलो पटक एएफसी कपको प्रारम्भिक छनौट खेलमा त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा आर्मीले श्रीलंका पुलिसलाई पाँच एक गोलले पराजित गर्यो ।

दशरथ रंगशालामा भएको खेलमा आर्मीले एक गोलले पछि परेको अवस्थामा उत्कृष्ट कमब्याक गर्दै जित निकाल्न सफल भयो । खेलको चौथो मिनेटमा नै विवेक बस्नेतको क्रसमा नवयुग बलसम्म पुग्न सकेनन् ।

त्यसको लगत्तै विवेकको प्रहारलाई श्रीलंकन पुलिसका गोलकिपरले पन्च गरे । बारम्बार दबाव दिएको आर्मी विरुद्ध खेलको २८ औं मिनेटमा श्रीलंकन पुलिसले खेलमा अग्रता बनायो । उसका लागि इभान्सले तीन जना डिफेन्डरलाई विट गर्दै टिमलाई अग्रता दिलाए । एक गोलले पछि परेको अवस्थामा आर्मीले ४२ औं मिनेटमा सन्तोष तामाङले उत्कृष्ट गोल गर्न सफल भए ।

उनले करिव ३५ यार्डबाट उत्कृष्ट गोल गर्न सफल भए । ४३ औं मिनेटमा आर्मीले खेल दुई एकको अवस्थामा पुर्यायो । यसपटक भरत खवासले डिबक्समा गरेको पासमा नवयुग श्रेष्ठले हेड मार्फत गोल गर्न सफल भए ।

पहिलो हाफका इन्जुरी समयमा आर्मीले अर्को उत्कृष्ट मौका गुमायो । नवयुग श्रेष्ठले डिबक्समा पाएको बललाई आत्मसाथ गर्न सकेनन् । पहिलो हाफमा दुई एकको अग्रता बनाएको आर्मीले ५० औं मिनेटमा खेल तीन एकले अगाडी रह्यो । नवयुग श्रेष्ठले डिबक्समा गरेको क्रसबल श्रीलंका पुलिसका गोलकिपरको हातमा डिफ्लेक्ट बललाई टंक बस्नेतले गोल गर्न सफल भए ।

५४ औं मिनेटमा भरत खवासले डिबक्समा गरेको हेडर बारमा लागेर फर्किदा रेफ्रिले अफसाईडको झण्डा उठाए । त्यसपछि पनि आर्मीले तीन वटा मौकाको सिर्जना गरेको थियो । त्यसमा आर्मी सफल भएन । ७४ औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा नवयुग श्रेष्ठले हेडको प्रयास गर्दा पोष्टको माथिबाट बाहिरीयो ।

७६ औं मिनेटमा श्रीलंका पुलिसको प्रहार बारमा लागेर फर्किएपछि उसका खेलाडी चुकचुकाउन पुगे । खेलको ८३ औं मिनेटमा आर्मीले चार एकको अग्रता बनाउन सफल भयो । आर्मीका लागि सुदिल राईले गोल गर्न सफल भए । उनले श्रीलंका पुलिसका डिफेन्डरको गल्तिका कारण राम्रो फिनिस गरे । खेलको इन्जुरी समयको तेस्रो मिनेटमा आर्मीले पाँचौ गोल गर्यो ।

उसका लागि नवयुग श्रेष्ठले ब्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि श्रीलंका पुलिस टिम खेलमा फर्कन सकेन र आर्मीले फराकिलो जित निकाल्यो । यो जितपछि अब आर्मीले तीन अंक हात पारेको छ । अब उसले छनौटको दोस्रो खेलमा बैंगलुरु एफसीसँग भारतमा खेल्नेछ । यो चरणका सबै खेलमा जित निकालेमा आर्मीले समुह डी मा स्थान बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका