बी डिभिजन लिगमा श्रीकुमारी र बाँसबारी विजयी



काठमाडौं । नयाँबस्ती युवा क्लबलाई ४–३ ले हराउँदै श्री कुमारी क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आइतबार जित निकाल्दा अर्को खेलमा बाँसबारीले झम्सीखेल युथ क्लबलाई ४–० ले पराजित गरेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आइतबार भएको खेलमा श्रीकुमारीलाई जित दिलाउन आशिष राईले दुई गोल गर्दा पम्बा योल्मु र विवेक पुनले एक एक गोल गरे । पराजित नयाँबस्तीका विवेक गुरुङ, साजन राई र सुमन राईले एक एक गोल फर्काए ।

श्री कुमारीले ११औं मिनेटमा आशिषको गोलबाट अग्रता बुनेको थियो । २१ औं मिनेटमा नयाँबस्तीका लागि विवेकले गोल गर्दै खेल ल्याएका थिए । पहिलो हाफको इन्जुरी समयमा साजनले गोल गरेपछि नयाँबस्तीले २–१ को अग्रता उल्टाएको थियो । खेलको ५७ औं मिनेटमा पम्बाले गोल गर्दै श्रीकुमारीलाई बराबरीको अवस्थामा ल्याए । ७१ औं मिनेटमा विवेक पुनले गोल गर्दै श्रीकुमारीलाई ३–२ को अग्रता दिलाए । खेलको ९० औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४–२ मा पुर्याए । त्यसपछि इन्जुरी समयमा नयाँबस्तीका सुमनले गोल गर्दै अग्रता छोट्याए पनि जितका लागि पर्याप्त भएन र श्री कुमारीले ४–३ को जित निकाल्न सफल भयो ।

जितसँगै श्रीकुमारीले १० खेलमा ११ अंक जोडेको छ । श्रीकुमारी आठौं स्थानमा उक्लिएको छ । नयाँ बस्ती १० खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

लिग अन्तर्गत आइतबार कै अर्को खेलमा निशान सुनारको दुई गोलको मद्दतमा बाँसबारीले झम्सीखेल युथक्ल माथि सहजत जित निकाल्न सफल भएको हो । निशानका अलावा कमल खवास र अजय राजवंशीले समान एक/एक गोल गरे ।

खेलको २६ औं मिनेटमा निशानले गोल गर्दै बाँसबारीलाई अग्रता निकालदा ३८ औं मिनेटमा कमलले बाँसबारीका लागि दोस्रो, ६० औं मिनेटमा अजयले टोलीका लागि तेस्रो गोल थपेका थिए । निकै हावी भएको खेलमा ६८ औं मिनेटमा निशानले व्यक्तिगत दोस्रो गोल गर्दै बाँसबारीलाई ४–० को सहजत दिलाउन सफल भएका हुन् ।

प्रतियोगितामा सोमबार साददोबाटो युथ क्लब र मध्यपुर युथ एसोसियसन तथा दोस्रो खेल रानीपोखरी कर्नर टिम (आरसिटी) र पुल्चोक स्पोर्ट्स क्लबबीच हुनेछ । दुबै खेल एन्फा मुख्यालयको मैदानमा हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकेश बमको आक्रामक शतक जितका लागि अपर्याप्त, आयरल्याण्ड ए सँग नेपाल पराजित

काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकमा आयरल्यान्ड ए विरुद्धको पहिलो खेलमा नेपाल ए

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप