ब्वाइज युनियनलाई हराउँदै खुमलटार युथको जित



काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनलाई हराउँदै खुमलटार युथ क्लबले शीर्ष डिभिजनमा उक्लिने सम्भावनलाई जिवितै राखेको छ ।

लालितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा बुधबार भएको खेलमा खुमलटारले ब्वाईज युनियनमाथि ३–० को जित निकाल्दै ‘ए’ डिभिजन लिगमा उक्लिने सम्भावनलाई जिवितै राखेको हो । खुमलटारले शीर्ष स्थानको सातादोबाटोसँग २२ अंकको बराबरी गर्दा सम्भावन जिवितै रहेको हो । यद्यपि एक खेल कम खेलेको सातदोबाटोको पनि समान २२ अंक नै रहेको छ ।

स्तरीय खेल देखाएको खुमलटारको जितमा सविन केसीले दुई गोल गर्दा आयुष घलानले एक गोल गरे । सविनले १९औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । प्रशान्त अवस्थीले दिएको क्रस पासमा सविनले गोलकिपरलाई विट गर्दै जाली जुमाउन सफल भएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा ४३ औं मिनेटमा सविनले व्यत्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफमा लिएको २–० को अग्रतालाई कामय राख्दै खेल देखाएको खुमलटारका लागि ७४औं मिनेटमा आयुषले टोलीका लागि तेस्रो गोल थपे । त्यसपछि बाँकी समयमा थप गोल हुन सकेन र खुमलटारले शीर्ष डिभिजनमा उक्लिने सम्भावनालाई जिवन्त राखेको हो ।
अंक सुम्पिएको ब्वाइज युनियनको समान ९ खेलबाट १४ जोडेर तालिकाको चौंथो स्थानमा यथावत रहेको छ ।

यस अघि बुधबारै सम्पन्न दिनको पहिलो खेलमा नयाँवस्ती युवा क्लब र टुसाल युथ क्लबले एक/एक गोलको बराबरी खेल्दा अंक बाँडको छन् । पहिलो हाफमा लिएको अग्रतालाई नयाँवस्ती दोस्रो हाफमा जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो ।

३९औं मिनेटमा नयाँबस्तीका लागि विवेक गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ७१औं मिनेटमा टुसालका एलोन राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यपछि लयमा देखिएको टुसालले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन र दुबै टोलीले अंक बाँड्न पुगे । बराबरीसँगै नयाँबस्तीले ९ खेलमा १२ अंक जोडेको छ । नयाँबस्ती छैटौं स्थानमा रहेको छ । यस्तै अर्को टोली टुसालले समान ९ खेलबाट ८ अंक जोड्दा तालिकाको सातौं स्थानमा रहेको छ ।

प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा झम्सीखेल युथ क्लबको सामना गर्दा दोस्रो खेल रानीपोखरी कर्नर टिम (आरसीटी) र श्री कुमारी क्लबबीच खेल हुनेछ । दुबै खेल एन्फा मुख्यालयको मैदानमा हुने तालिका रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका