सिरी ‘ए’ फुटबलमा युभेन्टसको शानदार जित,रोनाल्डोको दुर्लभ किर्तीमान



इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्टसले शानदार जित निकालेको छ । घरेलु मैदानमा गएराती स्पेजियालाई ३–० गोलले हराउदै युभेन्टसले उपाधि होड कायमै राखेको हो ।

युभेन्टसलाई सहज जित जिताउन अल्भारो मोरता, फेडेरिको चिसा र क्रिस्टियानो रोनाल्डोले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२ औ मिनेटमा मोरताले युभेन्टसलाई अग्रता दिलाएका थिए । ७१ औँ मिनेटमा चिसाले टोलीको अग्रता दोब्बर पारे ।

निर्धारित समयको खेल सकिन १ मिनेट बाँकि रहदा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सहज जित दिलाए । खेलको इन्ज्युरी समयमा स्पेजियाले पेनाल्टीको मौका पाएको थियो । तर, आन्द्रे गालाविनोभ पेनाल्टीमा चुकेपछि स्पेजियाले सान्त्वना गोल गर्नबाट बन्चीत भयो ।
जितसगै युभेन्टसले शीर्ष स्थानको इन्टर मिलान र दोस्रो स्थानको एसी मिलानसगको अङ्क दूरी छोट्याएको छ । २४ खेलबाट युभेन्टस ४९ अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।समान खेलबाट शीर्ष स्थानको इन्टरसंग ५६ र एसी मिलानसंग ५२ अङ्क छ । स्पेजिया भने २५ अङ्कका तालिकाको १५ औ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय