‘बी’ डिभिजन लिगमा बाँसबारी क्लब विजयी



काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत मंगलबार भएको खेलमा बाँसबारी युवा क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्टस् क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । बाँसबारीका लागि दुवै गोल निशान सुनारले गरे । उनले खेलको ४७औँ मिनेटमा पहिलो गोल गरेका थिए ।

सुनारले नै खेलको ६९औँ मिनेटमा बाँसबारीका लागि दोस्रो गोल गरेका हुन् । जीतसँगै बाँसबारीले आठ खेलमा १८ अङ्क जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ । यस्तै आठ खेलमा दुई अङ्क मात्र जोडेको पुल्चोक स्पोर्टस् क्लब लिगको पुछारमा रहेको छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय

वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई