वेलायत सन् २०३० को विश्वकप फुटबल आयोजन गर्न इच्छुक
ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले वेलायत र आयरल्यान्डले सन् २०३० को फुटबल विश्वकप आयोजना गर्न दाबी गर्ने सही समय भएको बताएका छन् । वेलायत सरकारले बुधवार पेस गर्ने बजेटमा यो प्रक्रिया सुरु गर्न २८ लाख पाउन्ड दिने चर्चा पत्रपत्रिकाले गरेका छन् ।
इङ्गल्यान्ड, वेल्स, स्कटल्यान्ड, नोर्दन आयरल्यान्ड र आयरल्यान्डका फुटबल सङ्घहरूले सरकारको कदमबाट खुसी भएको बताएका छन् । ‘हामी फुटबललाई सन् २०३० मा घरमा ल्याउन धेरै नै इच्छुक छौँ,’ जोनसनले द सन पत्रिकासँग भनेका छन् । सन् २०३० को फुटबल विश्वकपमा लागि आयोजन दाबी प्रक्रिया सन् २०२२ मा मात्रै सुरु हुन्छ ।