धुर्मुस सुन्तली फाउण्डेशनको अभियानः रंगशालालाई एक लाख दिनोस्, आफ्नो नामको कुर्सी राख्नोस्



काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक लाख रुपैयाँ दिएर आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ ।

सोमबार काठमाडौंमा धुर्मुस सुन्तली फाउन्डेसनले पत्रकार सम्मेलन गरी रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने जनाएको हो । ३० हजार दर्शक क्षमता रहने भनिएको रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ । आर्थिक संकलनका लागि यो उपाय अपनाइएको हो ।

आयोजक धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणाधीन रंगशालाको हालसम्मको खर्च विवरणसमेत सार्वजनिक गरेको छ । फाउन्डेसनले रंगशाला निर्माणको कुल लागत तीन अर्ब ५५ करोड रुपैयाँ रहने जनाएको छ ।

रंगशाला निर्माणका लागि हालसम्म ३२ करोड ३० लाख २४ हजार ३५४ रुपैयाँ संकलन भएको छ । यो लागत रकमको ९।०९ प्रतिशत मात्र हो । ४३ करोड ४८ लाख ६ हजार ३८२ रुपैयाँ खर्च भइसकेको जनाइएको छ । रंगशाला निर्माणमा ११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ ऋण रहेको फाउन्डेसनले जानकारी दिएको छ । रंगशाला निर्माणकार्यमा सहयोग पुर्यार्उन फाउन्डेसनले सबैलाई आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकेश बमको आक्रामक शतक जितका लागि अपर्याप्त, आयरल्याण्ड ए सँग नेपाल पराजित

काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकमा आयरल्यान्ड ए विरुद्धको पहिलो खेलमा नेपाल ए

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप