ला लिगामा गेटाफेमाथि बिलवाओको शानदार जित



स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले शानदार जित निकालेको छ । गएराति भएको खेलमा बिल्बाओले गेटाफेलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको हो । बिलवाओ शुरुमै पछि परे पछि उत्कृष्ट पुनरागमन जित निकाल्न सफल भयो ।

गेटाफको मार्क कुकुरेल्ला सासेस्टाले पहिलो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । उक्त अग्रतालाई भने गेटाफेले जोगाउन असफल रह्यो । १२ औं मिनेटमा राहुल गार्सियाले गोल गर्दै बिलवाओलाई बराबरीमा ल्याएका थिए ।५०औँ मिनेटमा यारे अल्भारेजले गोल गर्दै बिल्बाओलाई २-१ को अग्रता दिलाए ।

गार्सियाले ६१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बिल्बाओ ३-१ ले अघि रह्यो । ७५औँ मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै घरेलु टोलीलाई ४-१ को अग्रता दिलाए । ८२ औँ मिनेटमा ओस्कर डि मार्कोसले गोल गर्दा बिल्बाओ ५-१ ले विजयी भयो ।

जितसँगै २४ अंकसहित बिल्बाओ लिगको नवौं स्थानमा उक्लिएको छ । गेटाफे २३ अंकसहित १३औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त