पारससहित १० खेलाडी पिएसएल ड्राफ्टमा,प्रतियोगिता फेब्रुवरी २० तारिखबाट हुने



पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सहित १० खेलाडी ड्राफ्टमा परेका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले शनिबार ड्राफ्टमा सहभागी खेलाडीको नाम सार्वजनिक गरेको हो । जसमा नेपालबाट प्लेनिटम क्याटेगोरीमा सन्दीप लामिछाने र सिल्भर क्याटेगोरीमा पारस सहित ९ खेलाडी परेका छन् । ड्राफ्ट आज हुनेछ ।

पिएसएलले सार्वजनिक गरेको ड्राफ्टमा सिल्भर विदेशी कोटामा उप कप्तान दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख छन् । ड्राफ्टमा एउटा टोलीले कममा १६ र बढीमा १८ खेलाडी टोलीमा अनुबन्ध गर्न पाउने छन् ।

लिग आगामी फेब्रेवरीको २० तारिखबाट सुरु हुने भएको छ । एक महिनासम्म चल्ने प्रतियोगिता मार्च २२ तारिखमा सकिनेछ । जसमा उद्घाटन खेलमा साविक विजेता कराची किंग्स र २०१९ को विजेता क्वेटा ग्लाडियटर्सविच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पहिलो हाफ कराँचीमा हुने भएको छ भने बाँकी लाहोरमा हुने छ । लाहोरमा प्लेअफका खेलपनि हुनेछ । रंगशालामा दर्शक प्रवेशका विषयमा यो महिनाको अन्तिममा निर्णय हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको