विभागीय टिम आर्मीलाई एएफसीको क्लब लाईसेन्स प्राप्त



काठमाडौं । विभागीय टिम आर्मीले एएफसीको क्लब लाईसेन्स पाएको छ । लाईसेन्स प्राप्तीका लागि आवश्यक मापदण्ड पुरा गरेसँगै विभागीय टिमले एएफसीको क्लब लाईसेन्स पाएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । नेपालको इतिहासमा नै एएफसीको क्लब लाईसेन्स पाउने आर्मी पहिलो क्लव भएको उनले बताए ।

क्लब लाईसेन्स प्राप्त गरेसँगै आर्मीले एएफसीका प्रतियोगिता खेल्न पाउनेछ । उनले फुटवल क्षेत्रको थप विकास लागि ढोका खुलेको पनि बताए । यसअघि आर्मीले तोकिएको मापदण्डमा केही कमजोरी भएपछि क्लब लाइसेन्सिङका लागि बनेको फस्र्ट स्ट्यान्ड बडीले आर्मीको आवेदन खारेज गरिदिएको थियो । त्यसवेला आर्मी छुट्टै फुटवल क्लबका रुपमा दर्ता भएको थिएन ।

आर्मीले फुटवल क्लबका रुपमा दर्ता हुँदै पुनः आवेदन दिएपछि अपिल किमटीले पुनः विचार गरेको थियो । त्यसक्रममा सबै मापदन्ड पुरा भएपछि आर्मीले लाइसेन्सिङ प्राप्त गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित

एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको