क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिने छ ।

क्यानको बुधबार भएको भर्चुअल वार्षिक साधारणसभाले एनपिएल आयोजना गर्ने निर्णय गरेको हो । क्यानको स्वामित्वमा रहने गरी नेपाली क्रिकेटको हितअनुकूल केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको सम्झौता प्रक्रिया अघि बढाउन जिम्मेवारी दिइएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

यस्तै क्यानको २०७०/७१ देखि २०७५/७६ सम्मको वार्षिक लेखापरीक्षणको प्रतिवेदनलाई वार्षिक साधारणसभाले पारित गरेको छ । क्यानले २०७६७७ को लेखा परीक्षण गर्ने जिम्मेवारी एबिएस एन्ड एशोसियट्सलाई दिने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को कार्यक्रम तथा बजेट निर्माण गर्दै अघि बढ्न सभाले केन्द्रीय कार्यसमितिलाई निर्देशन दिएको छ । पाँचवर्षे रणनीतिक योजना निर्माण गर्न तथा त्यसलाई अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) समक्ष पेश गर्न साधारणसभाले केन्द्रीय समितिलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई

रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध

जनकपुरधाम ।  धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता

टी-२० शृंखला खेल्न आइपुग्यो वेस्ट इन्डिजको क्रिकेट टोली

काठमाडौं । नेपालसँग टी–२० शृंखला खेल्न वेस्ट इन्डिज ‘ए’ टोली काठमाडौं आइपुगेको छ

गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेटमा बागमती र मधेशको जित

काठमाडौं । काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगिता अन्तर्गत मंगलबार भएको