आइपीएलमा कोलकत्ता नाइट राइडर्सको पहिलो जित



कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । अबुधाबीमा गएराति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो ।

दोश्रो खेलमा कोलकाताको यो पहिलो जित हो भने दुई खेल नै खेलेको हैदराबादको लगातार दोश्रो हार हो । खराब सुरुवातका बाबजुद कोलकाताले १४३ रनको लक्ष्य १८ ओभर खेल्दै तीन विकेटको क्षतिसहित विजयी भएको हो ।

कोलकाताका ओपनर शुन्य रनमा आउट भए भने नितिस रानाले १३ बलमा २६ रनको पारी खेले । राना टि नाटराजनको बलमा आउट भए भने कप्तान दिनेश कार्तिक पनि बिना रन रशिद खानको बलमा एलबीडब्लुको शिकार भए ।

६२ बलको सामना गरेका आपनर सुभम गिलले अविजित रहँदै ७० रन बनाए । त्यस्तै ओईन मोर्गनले पनि २९ बलमा ४२ रनको पारी खेले । उनीहरुले चौथो विकेटका लागि अविजित ९२ रनको साझेदारी गरे ।

यसअघि शेख जायद रंगशाला, अबुधबीमा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले पूरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४२ रनमा समेटिएको थियो । हैदराबादको तर्फबाट ३८ बलको सामना गर्दै तीन चौका र दुई छक्का प्रहार गरेका मनिष पाण्डेले सर्वाधिक ५१ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान

  काठमाडौँ ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड

आर्मीलाई कालिका कप राष्ट्रिय भलिबलको उपाधि

  गलकोट (बागलुङ) ।  चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप

वीर गणेशमान सिंह ट्वान्टी टि २० क्रिकेटमा लुम्बिनीको जित

काठमाडौँ । वीर गणेशमान सिंह ट्वान्टी टि २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले

राष्ट्रपति रनिङ सिल्डमा उसुमा चार स्वर्णको टुङ्गो

काठमाडौँ । राजधानीमा जारी १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा