स्पिनर सन्दीप लामिछाने तेस्रो पटक सीपीएल खेल्दै
युवा लेग स्पिनर सन्दीप लामिछाने भने लगातार तेस्रो पटक सीपीएल खेल्दैछन् । उनी यो सिजन जमैका तल्वाहाजबाट खेल्दैछन् । यसअघि उनले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बेडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । यस पटक सन्दीप एक करोडभन्दा बढी रकममा जमैकामा अनुबन्धित भएका हुन् ।
जमैकन टिममा अलराउण्डर आन्द्रे रसेल, कार्लोस ब्रेथवेइट, मुजिव उर रहमान जस्ता खेलाडीहरु छन् । सन्दीप सम्मिलित जमैकाले आफ्नो पहिलो खेल बुधबार सेन्ट जोउक्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ