बार्सिलोनाद्वारा मुख्य प्रशिक्षक सेटेन बर्खास्त



स्पेनिस क्लब बार्सिलोनाले आफ्ना मुख्य प्रशिक्षक सेटेनलाई बर्खास्त गरेको छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले सेटेनलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको पुष्टि गरेका छन् ।

सेटेनलाई जनवरीमा अर्नेस्टो भाल्भर्डेको स्थानमा बार्सिलोनाले क्लबको मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो । तर, शुक्रबार च्याम्पियन्स लिगअन्तर्गत जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखसँगको ८–२ गोलको लज्जास्पद हारपछि प्रशिक्षकबाट हटाउने निर्णय गरेको जनाएको छ ।

अब उनको स्थानमा पूर्वडिफेन्डर रोनाल्ड कोइम्यानलाई बार्सिलोनाको अर्को प्रशिक्षकका रूपमा अनुबन्ध गर्ने तयारी छ । उनी यसअघि पनि बार्सिलोनाको प्रशिक्षक बन्न सक्ने बताइए पनि रोनाल्डलाई पछि पार्दै सेटेनलाई प्रशिक्षकमा नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई

रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध

जनकपुरधाम ।  धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता

टी-२० शृंखला खेल्न आइपुग्यो वेस्ट इन्डिजको क्रिकेट टोली

काठमाडौं । नेपालसँग टी–२० शृंखला खेल्न वेस्ट इन्डिज ‘ए’ टोली काठमाडौं आइपुगेको छ

गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेटमा बागमती र मधेशको जित

काठमाडौं । काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगिता अन्तर्गत मंगलबार भएको