राखेपको सदस्य सचिवमा पुनः सिलवाल नियुक्त



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाल पुनः नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेको हो । तीन सदस्यीय सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्येबाटै मन्त्रिपरिषद्ले सिलवाललाई छनोट गरेको हो । यसअघि पनि उनी नै राखेपको सदस्यसचिव थिए ।

समितिले सदस्यसचिवका लागि सिफारिस सिलवालसँगै लीलबहादुर थापामगर र अन्जु श्रेष्ठको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको थियो । केशवकुमार विष्टको कार्यकाल गत वर्ष असार ९ गते सकिएपछि सिलवाल सदस्यसचिवमा नियुक्त भएका थिए । तर, यसै वर्षको असारमा नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि उनको कार्यकाल एक वर्ष नबित्दै सकिएको थियो ।

त्यसपछि नयाँ ऐनअनुसार मन्त्रालयले सचिव रामप्रसाद थपलियाको नेतृत्वमा रिम रानाभाट र इन्दिरा निरौलासहितको तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । समितिले २७ जनाबाट तीनजनाको नाम मन्त्रालयमा पेस गरेको थियो । मन्त्रिपरिषद्ले राखेपको उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा