जर्मन कपको उपाधिका लागि वायर्न म्युनिख र बायर लिभरकुजेन भिड्ने



यस वर्षको जर्मन कप फुटबलको उपाधिका लागि वायर्न म्युनिख र बायर लिभरकुजेन भिड्ने भएका छन् । गएराति भएको सेमिफइनल खेलमा आइन्त्राच फ्र्याङ्कफर्टलाई २–१ ले हराउँदै साविक विजेता वायर्न म्युनिख फाइनलमा पुगेको हो । फ्रयाङ्कफर्ट विरुद्धको खेलमा वायर्नलाई विजयी गराउन इभाँ पेरिसिच र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे ।

फ्रायङ्कफर्टका ड्यानी डा कोस्टाले एक गोल फर्काए । पोल्याण्डका खेलाडी लेवान्डोस्कीको उक्त गोल वायर्नका लागि जारी सिजनको ३९ खेलमा ४५ औं गोल हो । यसअघि पहिलो सेमीफाइनल खेलमा एफसी सारब्रकेनलाई ३–० ले हराउँदै बायर लिभरकुजेन जर्मन कपको फाइनलमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपमा हङकङसँग नेपाल ४ विकेटले पराजित

काठमाडौँ । नेपाललाई पराजित गर्दै हङकङ एसीसी प्रिमियर कपमा तेस्रो भएको छ ।

नेपाल पौडी सङ्घको अध्यक्षमा जगतमान श्रेष्ठ

काठमाडौँ । नेपाल पौडी सङ्घको पाँचौँ राष्ट्रिय अधिवेशनबाट जगतमान श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर । भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको

हङकङलाई १४० रनको लक्ष्य

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य