खेल क्षेत्रको विकासका लागि दुई अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि युवा तथा खेलकुद मन्त्रालयमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बिहीबार नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै खेलकुद क्षेत्रलाई २ अर्ब ३६ करोडको बजेट विनियोजन गरेको जानकारी गराएका हुन् ।

खेलकुद पूर्वाधारको अभाव भएको कर्णाली प्रदेशमा खेलकुद सञ्चालन हुनसक्ने गरी राष्ट्रिय पूर्वाधार विकास गरिने अर्थमन्त्री खतिवडाले बताए । त्यस्तै कर्णाली प्रदेशमा उच्च पर्वतीय खेल कार्यक्रम सञ्चालन र सबै स्थानीय तहमा खेलग्राम विकास गरिने बजेटमा उल्लेख गरिएको छ । यसैगरी सरकारले अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको गरेको छ ।

यसैगरी गतवर्षकै कार्यक्रम सबै स्थानीय तहमा खेलग्राम बनाउने योजनालाई निरन्तरा दिइएको छ । यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट विनियोजन गरिएको पनि मन्त्री खतिवडाले बताए । सरकारले यस वर्ष युवा तथा खेलकुद मन्त्रालयको बजेट घटाएको हो । सरकारले गत आर्थिक वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त