ओलम्पिक कमिटी (एनओसी) को बैठक पोखरामा सुरु



काठमाडौं । आन्तरिक गतिविधि लगभग ठप्पको अवस्थमा ओलम्पिक कमिटी (एनओसी) कार्यसमितिको बैठक पोखरामा सुरु भएको छ । बैठकका लागि एनओसीका अधिकांश पदाधिकारी पोखरा पुगिसकेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको ३ महिना भन्दा लामो समयपछि एनओसीको बैठक बसेको हो ।

एनओसीले आफ्ना उप महासचिव समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्षबाट सागको प्रतिवेदन पनि बुझिसकेको छ । एनओसीले बैठकका विषयमा औपचारिक जानकारी भने दिएको छैन । सागमा नेपालले अहिले सम्मकै सबैभन्दा बढी सफलता हासिल गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको थियो ।

३५ वर्षे साग इतिहासमा नेपालको यो सर्वा्धिक सफल साग भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान

  काठमाडौँ ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड

आर्मीलाई कालिका कप राष्ट्रिय भलिबलको उपाधि

  गलकोट (बागलुङ) ।  चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप

वीर गणेशमान सिंह ट्वान्टी टि २० क्रिकेटमा लुम्बिनीको जित

काठमाडौँ । वीर गणेशमान सिंह ट्वान्टी टि २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले

राष्ट्रपति रनिङ सिल्डमा उसुमा चार स्वर्णको टुङ्गो

काठमाडौँ । राजधानीमा जारी १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा