मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लब डेढ दशकपछि फाइनलमा भिड्ने



पछिल्लो पटक वि.सं २०६१ मा तेस्रो संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा गरेका मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब डेढ दशकपछि पुनः फाइनलमा भिड्ने भएका छन् ।

सहारा क्लब पोखराको आयोजनामा यही फागुन २२ गतेदेखि पोखरा रङ्गशालामा सञ्चालन भइरहेको १८ औँ संस्करणकोे उपाधिका लागि शनिबार यी दुई टोली फाइनलमा भिड्न लागेका हुन् । यसअघि विसं २०५८ को क्याराभान गोल्डकप तथा विसं २०६० को दोस्रो र विसं २०६१ मा आयोजना भएको तेस्रो संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा यी दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

क्याराभान पुलिस तथा दोस्रो र तेस्रो संस्करणको उपाधि मनाङले जितेको थियो । आहा रारामा मनाङ र पुलिस विसं २०६८ को दशौँ संस्करणको क्वार्टरफाइनल तथा बाह्रौँ संस्करणको सेमिफाइनलमा समेत प्रतिस्पर्धा गरेकामा दुवैमा मनाङ विजयी भयो । दुवै टोली आहा राराका सफल क्लब हुन् । पुलिसले ‘क्याराभान’ गोल्डकपसहित हालसम्म छ पटक उपाधि उचाल्दा मनाङले पाँच पटक उपाधि चुम्न सफल भएको छ । विभागीय टोली पुलिसले क्याराभानसहित विसं २०५९ को पहिलो, २०६४ को छैटौँ, २०६५ मा सातौँ, २०६६ को आठौँ र २०७४ को सोह्रौँ संस्करणको उपाधि आफ्नो पोल्टामा पारेको छ ।

मनाङ विसं २०६० को दोस्रो, विसं २०६१ मा तेस्रो, २०६८ को दशौँ, विसं. २०७२ मा चौधौँ र २०७३ को पन्धौँ गरी हालसम्म पाँच पटक च्याम्पियन बन्न सफल भएको छ । जारी संस्करणमा पुलिसले क्वाटरफाइनलमा आयोजक सहारालाई टाइब्रेकरमा ४–२ तथा सेमिफाइनलमा थ्रीस्टार क्लबलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

मनाङले क्वाटरफाइनलमा झापामाथि १–० तथा सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबमाथि ३–२ को जीत निकाल्दै फाइनल प्रवेश गरेको हो । यस वर्ष शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङले पुलिसलाई २–० ले हराएको थियो । त्यसलगत्तै धरानमा भएको बुढासुब्बा गोल्डकपको फाइनलमा पुलिसको ‘बी’ टोली मनाङसँग ३–१ ले पराजित भएको थियो ।

शनिबार हुने फाइनल खेल अघि आज आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक तथा कप्तानले राम्रो फुटबल खेल्दै प्राप्त अवसरको सदुपयोग गरेर उपाधि जित्ने दाबी गरेका छन् । पुलिसका प्रशिक्षक अनन्त थापाले मनाङ राम्रो टोली रहे पनि आफ्ना खेलाडीले मेहनत गरेर उपाधिका लागि खेल्ने बताउनुभयो ।

टोलीमा कोही पनि खेलाडी घाइते नरहेको बताउँदै उहाँले युवा टोलीले निर्धा्रित समयभित्रमा नै नतिजा आफ्नो पक्षमा पार्ने गरी खेल्ने उहाँको भनाइ छ । “मनाङ राम्रो क्लब हो, फाइनल खेल जहिले पनि फिप्टी÷फिप्टी हुन्छ, हाम्रा खेलाडी भोलि गतिका साथ उपाधि जित्ने गरी मैदानमा उत्रिने छन्”, थापाले भन्नुभयो । मनाङका प्रशिक्षक फुजा टोपेले आक्रामक फुटबल खेल्दै उपाधि चुम्ने टोलीको लक्ष्य रहेको बताउनुभयो । पोखरेली मैदानमा टोलीलाई समर्थकको समेत साथ मिल्ने विश्वास उहाँको छ ।

मनाङका कप्तान कमल श्रेष्ठले सेमिफाइनलमा आर्मीलाई पराजित गर्दा टोलीको मनोवल उच्च रहेकाले समेत अघिल्लो दिनको जस्तै प्रदर्शन फाइलनमा दोहो¥याउँदै उपाधि जित्ने उल्लेख गर्नुभयो । पुलिसका कप्तान भरत शाहले फाइनलको यात्रासम्म युवा टोलीले राम्रो नतिजा निकालेकाले शनिबारको खेलमा समेत राम्रो फुटबल पस्किँदै दर्शकको मन जित्ने र समर्थन प्राप्त गर्ने गरी खेल्ने बताउनुभयो ।

प्रतियोगिताको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा सर्वा्धिक गोलकर्ताले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त