जितसँगै सातदोबाटो लिगको शीर्ष स्थानमा



सातदोबाटो युथ क्लबले सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा लगातार चौंथो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार पुल्चोक स्पोर्ट्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले लगातार चौंथो जित निकालेको हो । सातदोबाटोको जितमा भुवन बस्नेतले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए । जितसँगै सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोले ४ खेलमा १२ अंक जोडेको छ । यस अघि सातदोबाटोले श्री कुमारी क्लब, नयाँ बस्ती युथ क्लब र टुसाल युथ क्लबलाई हराएको थियो । पुल्चोकको यो लगातार चौंथो हार हो । लिगको पुछारमा रहेको पुल्चोकले अंक जोड्न सकेको छैन । आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेटमा बागमती र मधेशको जित

काठमाडौं । काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगिता अन्तर्गत मंगलबार भएको

कर्णाली किड्स कपको उपाधि छत्रपाल आविलाई

सिमकोट  । हुम्लाको अदानचुली गाउँपालिकामा आयोजित  कर्णाली किड्स कप– २०८१ को उपाधि छत्रपाल

नेपालसँग टी–२० क्रिकेट सिरिज खेल्ने वेस्टइन्डिजको टोली घोषणा

काठमाडौं । नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्टइन्डिजले टोली घोषणा गरेको छ । अप्रिल

धनकुटालाई हराउँदै खोटाङ भगवती क्बल भोजपुर गोल्डकपको सेमिफाइनलमा

  भोजपुर । भोजपुरमा जारीे सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत सोमबार