खुमलटार युथ लिगको शीर्ष स्थानमा



काठमाडौं । सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा शहीद स्मारक ‘बी’ डिभिजन लिगमा रानी पोखरी कर्नर टीम (आरसिटी) लाई ३–० ले पराजित गरेको छ । जितसँगै खुमलटार युथ लिगको शीर्ष स्थानमा उक्लिएको हो । लगातार दोस्रो जित हासिल गरेसँगै खुमलटार युथको ६ अंक भएको छ । बाँसबारी र सातदोबाटो युथ क्लबको पनि समान ६ अंक छ । तर गोलअन्तरमा खुमलटार शीर्ष स्थानमा उक्लिएको हो ।
खुमलटारले २५औं मिनेटमा अग्रता लिएको थियो। महेन्द्र राईले गरेको गोलमा खुमलटारले अग्रता लिएको हो। त्यसपछि सविनले लगातार दुई गोल थप्दै खुमलटारलाई सहज जित दिलाए। सविनले ३५औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरे भने ६१औं मिनेटमा अर्को गोल थपेपछि खुमलटारको तीन अंक पक्का भएको हो।

प्रतियोगितामा आरसीटीको यो पहिलो हार हो । आसीटीले पहिलो खेलमा झम्सीखेल युथ क्लबसँग १–१ को बराबरी खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको