अन्तर विश्वविद्यालय फुटसल प्रतियोगिता सुरु



काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित अन्तर विश्वविद्यालय फुटसल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । भत्केकोपुलस्थित धन्वन्तरी फुटसल मैदानमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले प्रतियोगिताको उद्घाटन गरे ।

उद्घाटन समारोहमा अनेरास्ववियु अध्यक्ष ऐन महर, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका महासचिव वचन देउजा, सचिव सीता लामालगायतका अनेरास्ववियूका केन्द्रीय नेताहरु, स्पोर्ट्स एकेडेमीका नेताहरुको उपस्थिति रहेकोे थियो । कार्यक्रमको साभापतित्व नारायण घर्ती र संचालन सञ्जय दुवाडीले गरेका थिए । १६ टीमको सहभागितामा पहिलो दिन १० टीम बीचको खेल सम्पन्न भएको छ ।

प्रतियोगिता लिग एण्ड नकाउट खेल हुनेछ । खेल फागुन २ गतेसम्म संचालन हुनेछ । प्रथम हुने टीमलाई नगद १ लाख पुरस्कार सहित ट्रफी मेडल प्रामाणपत्रको व्यवस्था छ भने , द्धितियलाई नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था रहेको अखिल नेता भुवन आचार्यले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर । भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको

हङकङलाई १४० रनको लक्ष्य

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य

आइओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

  अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले  ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्डा सुरू गरेको

‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित