के गर्दैछन् महान् फुटबलर पेले ?



ब्रजिलका महान् फुटबल खेलाडी पेले अचेल बिनासहारा हिँडडुल गर्न नसक्ने स्थितिमा भएको उनका छोराले बताएका छन्। छोरा एडिन्योका अनुसार हिजोआज पेले घरबाहिर निस्किन पनि सङ्कोच मान्छन्।

तीन पटक विश्वकप विजेता तथा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट फुटबल खेलाडी मानिएका पेलेलाई गत वर्ष मूत्रनलीमा सङ्क्रमण भएपछि अस्पताल लगिएको थियो।

उनन्सत्तरी वर्षीय पेलेलाई केही समययता कम्मरमा समस्या देखिएको छ। उनलाई हिँडडुल गर्न फ्रेमको सहारा आवश्यक पर्छ।

केही समययता सार्वजनिक समारोह सहभागी हुन जान उनले ह्वीलचेयर प्रयोग गर्ने थालेका थिए। “उहाँ अचेल एकान्तप्रेमी अनि बाहिर निस्किँदा आफ्नो अवस्थाका कारण लजाउने हुनुभएको छ,” छोरा एडिन्योले टीभी ग्लोबोलाई बताए।

आफ्नो २१ वर्ष लामो फुटबल जीवनका क्रममा पेलेले १,३६३ खेलमा १,२८१ गोल गरेर विश्व कीर्तिमान बनाएका थिए।

सो अवधिमा उनले ब्रजिलका लागि ९१ खेलमा ७७ गोल गरे। तीनवटा विश्वकप जित्ने उनी एक मात्र खेलाडी हुन्। ब्रजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप फुटबल जितेको थियो।

उनीले विश्वकपका कुल १४ वटा खेलमा १२ गोल गरे। उनलाई फिफाका ‘शताब्दी खेलाडी’ को उपाधि दिइएको थियो। आगामी जुन महिनामा पेलेले आफ्नो अन्तिम विश्वकप फाइनल जितेको ५० वर्ष पुग्दैछ।

मेक्सिकोमा भएको उक्त खेलमा सहभागी ब्रजिलको टोलीलाई कतिपयले हालसम्मकै उत्कृष्ट टोली भन्ने गर्छन्। पछिल्ला वर्षहरूमा उनको स्वास्थ्यमा विभिन्न समस्या देखा परेका छन्।

सन् २०१५ मा उनको प्रोस्टेट अर्थात् पौरुषग्रन्थिको शल्यक्रिया गरिएको थियो। उनको मिर्गौलामा पनि समस्या देखिएको थियो।

“उहाँ महान् व्यक्तित्व हुनुहुन्थ्यो, तर आज राम्ररी हिँडडुल गर्न सक्नुहुन्न,” एडिन्योले भने। “उहाँलाई अचेल सङ्कोच लाग्छ, उहाँ बाहिर जान चाहनुहुन्न, देखिन चाहनुहुन्न। उहाँ कमजोर हुनुभएको छ।”

“कम्मर प्रतिस्थापन गरियो तर पर्याप्त पुनर्स्थापना हुन सकेन। त्यसैले हिँडडुल गर्दा समस्या हुन्छ र उहाँमा एक किसिमले डिप्रेशनजस्तो भएको छ,” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महिला एशिया कप क्रिकेटको पहिलो खेलमा यूएईमाथि नेपालको जित

  काठमाडौँ ।  नेपालले एसीसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत शुक्रबार भएको

सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले किन दियो सफाइ ? यस्तो छ फैसलाको पूर्णपाठ

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक

युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

काठमाडौं । एसीसी महिला टी २० एसिया कप क्रिकेटको पहिलो खेलमा युएईले नेपाललाई

राष्ट्रपतिद्वारा ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने