आइसिसी विश्वकप लिगमा ओमानद्वारा नेपाल आठ विकेटले पराजित



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईमा ओमानले नेपाललाई आठ विकेटले पराजित गरेको छ । ओमानले नेपाललाई लगातार दोस्रो पटक हराएको हो । यसअघि ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले पराजित गरेको थियो । ओमानका अगाडि नेपाली बलर निरही बनेपछि ओमान सहजै विजयी भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ओमानसामु जितका लागि २५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ५० ओभर पूरै खेल्दै आठ विकेटको क्षतिमा २४९ रन बनाएको थियो । दुई सय ५० रनको विजय लक्ष्य ओमानले ४७ दशमलव दुई ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो ।

ओमानका लागि अकिब इलियासले शतकीय पारी खेले । उनले १०८ बल खेल्दै एक छक्का र १२ औकाको मद्दतमा अविजित १०९ रन बताए । पच्चीस दशमलव पाँच ओभरमा आरिफ शेखले अकिबको क्याच छोड्नु नै नेपालका लागि घातक सावित भयो ।

यस्तै जेशन मक्सुदले अविजित ६८ रनको योगदान दिनुभयो । दुबै जनाले १६७ रनको साझेदारी गरे । यसैगरी खवर अलीले ४१ तथा जितिन्दर सिंहले २३ रन बताए । बलिङतर्फ नेपालका कुशल मल्ल र सुशन भारीले एक एक विकेट लिए।

यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले ४८ रनको साझेदारी गरे । अमेरिकासितको खेलमा तीन रनमै पभेलियन फर्किनुभएका सुवासले २२ रन बनाए । यस क्रममा उहाँले एक चौका हान्नुभयो । ज्ञानेन्द्रले अर्धशतकीय पारी खेले । अमेरिकासितको खेलमा २१ रन मात्र बनाएका ज्ञानेन्द्रले उत्कृष्ट खेल प्रदर्शन गरे । उहाँले ५६ रन बनाउनुभयो । मल्लले ७६ बल खेल्दै एक छक्का तथा छ चौकासमेत प्रहार गरे । पारस खड्काले ३४ बलमा ३८ रन बनाए । यसमा उनको एक छक्का र छ चौका सामेल थियो ।

यस्तै विनोद भण्डारीले पाँच चौकाको मद्दतमा ३५ रन बनाए । उनले रन लिने क्रममा आउट भए । शनिबार अमेरिकासितको खेलमा विश्व कीर्तिमान बनाएका कुशल मल्लले दुई छक्का र दुई चौका प्रहार गर्दै २८ रनको योगदान दिए । आरिफ शेखले २८ रन तथा करन केसीले १० रन बनाए । सन्दीप लामिछानेले अविजित १० तथा आइतबारको खेलमा डेब्यु गर्नुभएका कमलसिंह ऐरीले अविजित नौ रन बनाए ।

बलिङतर्फ ओमानका अकिब इलियासले चार तथा मोहमद नदिमले तीन विकेट लिए । सतकीय पारीका साथै चार विकेटसमेत लिएका ओमानका अकिब प्लेयर अफ दी म्याच घोषित भए ।

ओमान जितसँगै लिगको शीर्ष स्थानमा उक्लेको छ । हालसम्म खेलेको नौ खेलमध्ये सातमा जित तथा दुईमा हारका साथ ओमानले १४ अङ्क बटुलेको छ । अमेरिका १२ अङ्कसहित लिगको दोस्रो स्थानमा झरेको छ । नेपालले भने हालसम्म खेलेको तीन खेलमा दुईमा हार तथा एकमा जित निकाल्दै दुई अङ्क जोडेको छ । नेपाल लिगको छैटौँ स्थानमा छ । अब नेपालले अन्तिम खेल बुधबार अमेरिकासित खेल्नेछ । आइसिसी विश्वकप क्रिकेट लिग दुईमा नेपालसहित, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिविया, युनाइटेड अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान

  काठमाडौँ ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड