म्यानचेस्टर युनाइटेड बर्नेलीसँग पराजित



इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बर्नेलीसँग पराजित भएको छ । प्रमियर लिगमा लिस्टर सिटी र टोटनहामले जित निकाल्दा म्यानचेस्टर युनाइटेड बर्नेलीसँग पराजित भएको हो ।

बुधबार राति सकिएको खेलमा लिस्टर सिटीले वेस्ट हाम विरुद्ध ४–१ को सहज जित निकालेको छ । दोस्रो हाफको ५०औं मिनेटमा वेस्टहामले पेनाल्टी पायो । मार्क नोब्लेले गोल गर्दै २–१ को अवस्था बनाए । तर, ८१औं मिनेटमा फेरि लिस्टरका एयोज पेरेजले पेनाल्टीबाटै गोल गरे भने उनले ८८औं मिनेटमा थप गोल गर्दै ४–१ को जित निकाल्यो ।

अर्को खेलमा नर्विच सिटीलाई टोटनहामले २–१ ले पराजित गरेको छ । टोटनहामका लागि डेले र सनले क्रमशः ३८ र ७९औं मिनेटमा गोल गर्दा नर्विचका लागि टेम्मे पुक्कीले ७०औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

अर्को बलियो टीम म्यानचेस्टर युनाइटेड भने बर्नेलीसँग २–० ले पराजित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हङकङलाई १४० रनको लक्ष्य

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य

आइओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

  अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले  ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्डा सुरू गरेको

‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित

एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो