नेपाली ८ खेलका खेलाडीको जापानमै प्रशिक्षण



टोकियो । नेपाली खेलाडीहरुले जापानमै प्रशिक्षण पाउने भएका छन् । २०२० टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीहरुले जापानमै प्रशिक्षण पाउने भएका हुन् । नेपाली खेलाडीहरुलाई जापानमा प्रशिक्षणको लागि यहाँको तोकोशिमा प्रिफेक्चरले सहयोग गर्ने भएको छ ।
नेपाली खेलाडीलाई जापानमा प्रशिक्षण व्यवस्था मिलाउने विषयमा नेपाल ओलम्पिक कमिटी (एनओसी) र तोकोशिमा प्रिफेक्चरबिच सोमबार जापानमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ओलम्पिक खेलमा सहभागी हुन आउने नेपाली खेलाडीहरुले जापानमै रहेर १५ दिन प्रशिक्षण गर्नेछन् । यसको लागि नेपाली खेलाडी र प्रशिक्षकहरुलाई जापानमा रहन र प्रशिक्षण केन्द्र उपलब्ध गराउने काम तोकोशिमा गर्भनर कार्यालयले गर्नेछ । यस विषयमा तोकोशिमा प्रिफेक्चरका गर्भनर कामोन इजुमी र नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
तत्कालको लागि स्विमिङबाट गौरिका सिंह र एलेक्जेण्डर शाहले जापानमै प्रशिक्षण गर्ने निश्चित भएको छ । आर्चरीबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीहरुले पनि यहीँ प्रशिक्षण पाउने भएका छन् ।
सम्झौता अनुसार आर्चरी र स्विमिङसँगै ८ खेलका खेलाडी र प्रशिक्षक गरेर कुल १६ जनाको लागि जापानमा रहने सम्पूर्ण व्यवस्था तोकोशिमा प्रिफेक्चरबाट हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकेश बमको आक्रामक शतक जितका लागि अपर्याप्त, आयरल्याण्ड ए सँग नेपाल पराजित

काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकमा आयरल्यान्ड ए विरुद्धको पहिलो खेलमा नेपाल ए

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप