ब्याटमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर उत्कृष्ट खेलाडी घोषित



काठमाडौं । ब्याटमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर उत्कृष्ट खेलाडी घोषित भएका छन् । ब्याटमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर प्रथम सुदूरपश्चिम स्पोर्टस् अवार्डमा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

त्यसैगरी वर्षको उत्कृष्ट युवा खेलाडी भारात्तोलनका सागर भण्डारी भए । उनले सुदूरपश्चिम प्रदेशलाई भारात्तोलनमा २२ वर्षपछि स्वर्ण पदक दिलाएका थिए । स्पेसल अवार्ड कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपक सिंहलाई प्रदान गरियो ।

३ वर्षे कार्यकालमा खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान दिएको भन्दै उनलाई स्पेसल अवार्डबाट सम्मान गरिएको हो । लाइफ टाइम एचिभमेन्ट अवार्ड श्यामसुन्दर शर्मालाई प्रदान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्मीलाई हराउँदै मनाङ आहा ! रारा गोल्डकपको फाइनलमा

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दैै मनाङ मस्र्याङ्दी

क्यानद्वारा चार खेलाडीमाथिको कारबाही फिर्ता

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले चार खेलाडीमाथिको कारबाही फिर्ता लिएको छ।

मौरिसससँगको खेलमा जित हात पारेको श्रेय खेलाडीलाईः मुख्य प्रशिक्षक अलमुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिससविरुद्धको मैत्रीपूर्ण खेलमा

एपिएफ १४ वर्षपछि आहा रारा गोल्डकपको फाइनलमा

पोखरा । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब ‘आहा ! रारा गोल्ड कप’ फुटबल