एपीएफ महिला फुटबल फाइनलमा प्रवेश



काठमाण्डौ । एपीएफ क्लब प्रधानसेनापति अन्तर्रा्ष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ क्लब प्रधानसेनापति अन्तर्रा्ष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
भद्रकालीस्थित एपीएफले पुसिललाई पाँच दुई गोलले आर्मीको मुख्यालयमा भएको खेलमा हरायो । निर्धा्रित ९० मिनेट दुई(दुई गोलको बराबरी भएको खेलको छिनोफानो अतिरिक्त समयमा भएको थियो ।
एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै रेखा पौडेल र अनिता बस्नेतले एक(एक गोल गरे । पुलिसका लागि निशा सुनार र घिमकुमारी गुरुङले एक एक गोल गरे ।
निर्धा्रित ९० मिनेटमा खेलका नजिता नआएपछि थप समयमा धकेलिएको थियो । जसमा १०७ औं मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई ३(२ ले अगाडि राखिन् । दुई मिनेटपछि रेखाले गोल गर्दै एपीएफलाई खेलमा ४(२ को अग्रता दिलाइन् । ११५ औं मिनेटमा सावित्राले ह्याट्रिक पूरा गर्दा एपीएफले पाँच(दुईको जित निकाल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको