आर्यन र इशा १७ औं जयकर स्मृति उपाधि हात पार्न सफल



काठमाडौं । आर्यन गिरी र इशा श्री शाहले १७ औं जयकर स्मृति उपाधि हात पारेको छन् । दुबै जनाले १७ औं जयकर स्मृति राष्ट्रिय टेनिस प्रतियोगिताको यु–१४ तर्फको उपाधि हात पारेका हुन् । विजयी खेलाडीहरुले नगद रु २५ हजार, मेडल तथा प्रमाण–पत्र प्राप्त गरका छन् ।
सम्पन्न भएको पुरुष तर्फको फाइनल खेलमा आर्यनले अकी जुवेन रावतलाई ६–४, ६–३ ले पराजित गर्दै उपाधि उचालेका हुन् ।

त्यस्तै ईशाले सुभाङ्गी लक्ष्मी शाहलाई ६–४, ६–३ लेनै पराजित गर्दै उपाधि हात पारेकी हुन् । पराजित अकी र सुभाङ्गीले नगद १२ हजार ५ सय प्राप्त गरे ।
सातदोवाटोस्थित कोर्टमा भएको प्रतियोगिताको पुरुष यु–१२ तर्फको प्रतिस्पर्धामा आयुष्मान हजुर घलेले श्लोक केजर श्रेष्ठलाई ६–२, ६–१ को सेटमा पराजित गर्दै जित हात पारे । उनले नगद २० हजार सहित मेडल तथा प्रमाण–पत्र प्राप्त गरे । यस्तै दोश्रो स्थान प्राप्त गरेका श्लोकले नगद १० हजारसहित मेडल र प्रमाण–पत्र प्राप्त गरे ।

जयकर स्मृति एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष यु–९ तर्फको खेलमा स्पर्श तिमिल्सिनाले बाजी मारे । उनले प्रणभ घिमिरेलाई ४–२, ४–० सेटमा पराजित गर्दै स्वर्ण प्राप्त गरेका हुन् । महिला तर्फ शिभाली गुरुङ्गले बाजी मारिन् ।

उनले कर्मिष्ठा नुघालाई ८–६, ५–३ ले पराजित गरिन् । स्वर्ण हात पार्नेले नगद १० हजार र रजतले ५ हजार सहित मेडल र प्रमाण–पत्र प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान

  काठमाडौँ ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड

आर्मीलाई कालिका कप राष्ट्रिय भलिबलको उपाधि

  गलकोट (बागलुङ) ।  चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप

वीर गणेशमान सिंह ट्वान्टी टि २० क्रिकेटमा लुम्बिनीको जित

काठमाडौँ । वीर गणेशमान सिंह ट्वान्टी टि २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले

राष्ट्रपति रनिङ सिल्डमा उसुमा चार स्वर्णको टुङ्गो

काठमाडौँ । राजधानीमा जारी १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा