पीपीएल क्रिकेटमा धनगढीद्वारा विराटनगर पाँच रनले पराजित



पोखरा । पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा धनगढी ब्लुजले विजय हासिल गरेको छ । धनगढीले विराटनगरलाई पाँच रनले पराजित गरेको हो ।

पोखरा रंगशालामा धनगढीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन बनाउन सक्यो । विराटनगरले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो ।

विराटनगरका लागि राजु रिजालले सर्वा्धिक २५, सुनिल धमलाले १८, नोमन खानले ११, पुनित मेहेराले १५ तथा कप्तान प्रदिप सिंह ऐरीले १० रन बनाए । धनगढीका दिपेन्द्र सिंह ऐरीले ३ तथा सागर ढकालले २ विकेट लिए । त्यस्तै कमल सिंह, अमित यादव, अनिल खरेलले समान एकरएक विकेट लिए ।

यसअघि धनगढीका लागि कमल सिंह ऐरीले २६, मन्था विजारत्ने २५, रोड्रिगो थोमसले १६, सोरभ खनालले १२ तथा मन्जित श्रेष्ठले ११ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौँ आइपुगे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौँ आइपुगेका

नरेन्द्र श्रेष्ठ एन्फा मानार्थ अध्यक्षमा चयन

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्षमा चयन

नेपाली फुटबल टोलीको कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाई नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ–एन्फाले राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकमा प्रदिप हुमागाईलाई

टेनिस स्टार सेरेना विलियम्सले सन्न्यास लिने

अमेरिकी टेनिस स्टार खेलाडी सेरेना विलियम्सले सन्न्यासको घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल