रुसमाथि चार वर्षको खेल प्रतिबन्ध



रुसलाई आगामी चार वर्षका लागि सबैजसो ठूला खेलकुद प्रतियोगिताहरू खेल्नबाट प्रतिबन्ध लागेको छ। वर्ल्ड एन्टी-डोपिङ एजेन्सी, वाडा, को यो प्रतिबन्धपछि रुसले सन् २०२० को टोक्यो ओलिम्पिक्स र सन् २०२२ को फुटबल विश्वकपमा भाग लिन पाउने छैन।

तर खेलाडीहरूले आफूले प्रतिबन्धित पदार्थ प्रयोग नगरेको प्रमाणित गरेमा ओलिम्पिकको जस्तै तटस्थ झन्डा लिएर खेल्न पाउँछन्। वाडाले स्वीट्जरल्यान्डमा भएको कार्यसमितिको बैठकमा सो निर्णय गरेको हो।

सन् २०१९ को ज्यानुअरीमा रुसको एन्टी-डोपिङ एजेन्सीले वाडालाई प्रदान गरेको तथ्याङ्क गलत भएको प्रमाणित भएपछि त्यस्तो प्रतिबन्ध लागेको हो।

वाडालाई उक्त संस्थामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न सन् २०१८ मा ती तथ्याङ्कहरूलाई शर्तस्वरूप मागिएको थियो। वाडाले रुसलाई त्यस्तो निर्णयमा पुनरावेदन गर्न २१ दिनको म्याद दिएको छ।

वाडाका उपाध्यक्ष लिन्डा हेलेल्यान्डले चार वर्षे प्रतिबन्ध “अझै पर्याप्त” नभएको प्रतिक्रिया दिइन्।सन् २०१८ को हिउँदे ओलिम्पिकमा १६८ जना रुसी खेलाडीहरूले ओलिम्पिकको झन्डा लिएर खेलेका थिए।

सन् २०१४ को हिउँदे ओलिम्पिकमा राम्रो प्रदर्शन गर्न ठूलो स्तरमा प्रतिबन्धित औषधि प्रयोग गरेको आरोपमा रुसलाई प्रतिबन्ध लगाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय